बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

दार्चुला । अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत दार्चुलाले १३ वर्ष कैद सजायको फैसला सुनाएकोे छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा–४ का ४९ वर्षीय बिस्ने ठगुन्नालाई जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको इजलासले १३ वर्ष कैद, सजाय सहित ५ लाख रुपियाँ जरिवाना र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।
असार ७ गते न्यायाधीश खेमराज भट्टको इजलासले आरोपित ठगुन्नालाई सजाय सहित ५ लाख रुपियाँ जरिवाना र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको हो ।
गत चैत २९ गते बलात्कार गरेको भन्दै पीडितले गत वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएपछि प्रहरीले उनलाई गत वैशाख ६ गते सदरमुकाम खलंगाबाट पक्राउ गरी सरकारी वकिल कार्यालयमा बुझाएको थियो । जबरजस्तीकरणी अन्तर्गत गत बैशाख २९ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, दार्चुलामा गरिएको थियो ।