स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

धनगढी। सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट सार्वजनिक गर्दैछन्। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहहरुले हरेक आर्थिक वर्षको असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। 
प्रदेशका ८८ वटा स्थानिय तहमध्ये दुई स्थानिय तहले बजेट ल्याईसकेका छन् । ८६ वटा स्थानिय तहले बजेट पेश गर्ने भएका हुन् ।
संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ। संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनमा एक सूचक मान्ने गरेको छ।

आगामी आर्थिक वर्षका लागि देशभरका १० स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरेका छन् । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।

सङ्घबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान र समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।