सुन जस्तो देखिने २ किलो पहेँलो धातुसहित एक जना पक्राउ

सुन जस्तो देखिने २ किलो पहेँलो धातुसहित एक जना पक्राउ

काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित रुपन्देहीबाट एक जना पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) बयरघाट रुपन्देहीको टोलीले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका -१३ कालिदहबाट सुनजस्तो देखिने धातु २ किलोसहित कारमा सवार एक जनालाई नियन्त्रणमा लिएको हो। 

नेपालबाट भारत तर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको को मारुती सुजुकी कार र चालकलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा इटा आकारको २ थान सुन जस्तो बस्तु बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।