कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट १९ ग्राम ९ सय मिलिग्राम लागुऔषधसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका हुन्।

बझाङको तलकोट गाउँपालिका–१ का २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ का राजकुमार रोकाया लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ प ०१०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो।