दुँहु गाउँपालिका-५ का वडाध्यक्ष भट्टको  निधन

दुँहु गाउँपालिका-५ का वडाध्यक्ष भट्टको  निधन

दार्चुला । दार्चुलाको  दुँहु गाउँपालिका-५ का अध्यक्ष मनोरथ भट्टको निधन भएको छ । आइतवार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए । 

जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भएपनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी  नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।