बाजुराको कृषि ज्ञान केन्द्रद्वारा आलु र स्याउ पकेट क्षेत्रको संयुक्त अनुगमन

बाजुराको कृषि ज्ञान केन्द्रद्वारा आलु र स्याउ पकेट क्षेत्रको संयुक्त अनुगमन

बाजुरा । कृषि ज्ञान केन्द्र द्वारा आलु र स्याउ पकेट क्षेत्रको संयुक्त अनुगमन गरिएको छ ।  जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कने र बुढीनन्दा नगरपालिकाका–९ र १० वडाको  पाण्डुसैनमा रहेका तरकारी र स्याउ खेतीको संयुक्त रुपमा अनुगमन गरिएको हो ।  कृषि ज्ञान केन्द्रलेको आर्थिक तथा प्राविधिक सहयोगमा पकेट क्षेत्रका रुपमा बनाइएका क्षेत्रको अवस्था र कृषकले उत्पादन गरेको तरकारी र स्याउ खेतीको शनिबार जिल्लाको एक टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । 

बडीमालिका–७ ढम्कनेमा रहेको आलु पकेट क्षेत्र र बुढीनन्दा १०मा स्याउ र वडा नम्बर ९ मा सामुहिक महिलाले खेती गर्दै आएको तरकारी खेतीको अवस्थाको अनुगमन गरिएको कृषि ज्ञान केन्द्र बाजुरामा कार्यालय प्रमुख हरि पनेरुले बताएका छन् । 

उनका अनुसार ढम्कनेमा विभिन्न प्रजातीका आलु  लगाएर कृषकलाई आलुमा आत्मनिर्भर बनाउनेका लागि ज्ञान केन्द्र र लिवर्डको सहयोगमा पकेट क्षेत्र बनाएर खेती सुचारु गरिएको बताए । 

बुढीनन्दा नगरपालिका–९ डिम्बर गाउँमा जन विकास कृषक महिला समुहले व्यवसाय गर्दै आएको  तरकारी खेती  र वडा नम्बर १० मा   उन्नत जातको स्याउ खेतीको  ज्ञान केन्द्रले सहयोग गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिएका छन् । 
तरकारी र स्याउ खेतीको अनुगममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सेना,सरकारी कार्यालयका प्रमुख नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत अनुगमनमा सहभागी रहेका थिए ।