डोटीमा  विद्यार्थीहरुलाई झोला बितरण

डोटीमा  विद्यार्थीहरुलाई झोला बितरण

डोटी । डोटीमा  विद्यार्थीहरुलाई झोला बितरण गरेको छ ।  असाय,अनाथ  तथा टुहुरा विद्यार्थीहरुलाई झोला, कपि, र कलम बितरण गरिएको छ । वडा अध्यक्ष संग  असाय  तथा टुहुरा बालबालिका कार्यक्रम अन्तर्गत डोटीका ७५ जना असाय   बिद्यार्थीहरुलाइ पढाईमा केही सहजता होस भन्ने हेतुले केही आर्थिक सघै झोला बितरण गरिएको हो । 

एसपाली बजेट धेरै नभएकाले कार्यक्रम चाहे जति राम्रो हुन नसकेको र थोरै भएपनी असाय  तथा टुहुरा बिद्यार्थीहरुलाइ सरकार भएको अनुभुती दिलाउने बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिं बोहराले बताए । 

बडिकेदार गाउँपालिका वडा नम्बर ५ ले विद्यार्थीहरुलाइ झोला कपि कलम बितरण गर्दा विद्यार्थीको पढाइ लेखाइमा सहज हुने केदारेश्वर माध्यामिक बिधालयका प्रअ डम्बर बहादुर मल्लले बताए । 

आफू जस्ता आमा बुवा गुमाएका विद्यार्थीहरुलाइ वडा कार्यलयले सहयोग गरेकोले पढाईमा सहयोग पुग्ने विद्यार्थीले बताएका छ्न ।