सिवाइसी अत्तरियाद्वारा टिम चौराह धागढीसामु १५१ रनको लक्ष्य प्रस्तुत

सिवाइसी अत्तरियाद्वारा टिम चौराह धागढीसामु १५१ रनको लक्ष्य प्रस्तुत

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले टिम चौराह धागढीसामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिवाइसी अत्तरियाले २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनायो।

अत्तरियाका प्रेम तामाङ र भिपिन चन्द्रलले समान २८–२८,कुशल भुर्तेलले २५, दिपेन्द्रसिंह ऐरीले १९,कृष्ण कार्कीले १४,शुवास खकुरेल र गैरव चित्कराले समान १३–१३ रनको योगदान दिए। धनगढीका लागि ललित भण्डारीले ३, रोहन मुस्तफाले २ र सोमपाल कामी र शम्सेद शेखले एक–एक विकेट लिए।

पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो भने टिम चौराह धनगढीले आज पहिलो खेल खेल्दैछ।