बाल्टिमोरमा गोलीबारी: दुई जनाको मृत्यु, २८ घाइते

बाल्टिमोरमा गोलीबारी: दुई जनाको मृत्यु, २८ घाइते

एजेन्सी।अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा एक कार्यक्रममा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

मेरिल्यान्ड राज्यको दक्षिणतर्फ रहेको ब्रुकलिन होम्स क्षेत्रमा घटना भएको उक्त घटनामा‍ मृत्यु हुनेमा १८ वर्षीय युवती र २० वर्षीय युवक छन्।

यस्तै, उक्त घटनामा परी २८ जना घाइते भएको बीबीसीमा उल्लेख छ। ‘ब्रुकलिन डे’ मनाउन जम्मा भएको भीडमा गोली चलेको थियो।

प्राप्त जानकारी अनुसार त्यहा २०/३० राउन्ड गोली प्रहार गरिएको थियो ।