लागु औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

लागु औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । कैलालीको धनगढीमा लागु औषध नियन्त्रण सम्बन्धि सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सोमबार (आज) सम्पन्न भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागु औषध, यसले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता बृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौती लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनका अनुसार खासगरी किशोर किशोरी  अवस्थाका बालबलिका लागु औषधको सेवन गर्ने गरेको समेत पाईएको छ ।

सामाजिक संञ्जालको पहुँचले पनि लागु औषध क्रेता र बिक्रेताहरुले एक आपसमा कुराकानी गरी लुकाएरै भएपनि ओसार पोसार गर्ने गर्दछन् । साथी संगतको दबाब, एक अर्काको देखासिखी, अभिभावकको निगरानीको कमी, असफलता लगायतका कारणहरुले पनि बालबालिका तथा युवायुवतीहरु लागु औषधको सेवन गर्ने गरेको प्रहरी उपरीक्षक चौधरीले बताए ।

चालु आर्थिक बर्ष ०७९-८० को तथ्याङ्क अनुसार सुदुरपश्चिममा १० देखि १५ बर्ष उमेरका २ जना पक्राउ परेका छन् भने १६ देखि २० बर्ष सम्मका १६८ जना पक्राउ परेका छन् । 

यस्तै, लागु औषधको दलदलमा फसेकाहरुलाई सुधार्नका निम्ती धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारी स्थित करिब दुई सय जना अटाउने सुधार केन्द्र स्थापना गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीले नितीगत र कानुनी ब्यवस्था ब्यवस्था अनुसार अगाडी बढाउने, तीन ओटै सरकारको तर्फबाट पनि मुख्य नितीहरु बनाई नियन्त्रण गर्ने लागु औषध दुरुपयोग नियन्त्रणमा सुदूरपश्चिमका प्रत्तेक जिल्लाहरुमा समिती बनाउने र निश्चित बजेट समेत निर्माण गरिएको बताए । 

सुदूरपश्चिमका तराईका जिल्लाहरु कैलाली र कंञ्चनपुरमा लागु औषध प्रयोगकर्ताहरु दैनिक रुपमा तीन देखि पाँच जना सम्म पक्राउ पर्ने गरेको बताए । यहाँ लागु औषध सेवनकै कारणले पनि जघन्य अपराधहरु पनि हुने गरेको छ ।

कार्यक्रमको अध्यक्षता आन्तरीक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिश्वदिप बेस्राले गरेका थिए भने प्रमुख अथिती सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए । 

कार्यक्रममा राजनितीकदल बिभिन्न कार्यलयहरुका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।