एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने

एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) -०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका(२०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ ।

सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको बोर्डका एक सदस्यले जानकारी दिए । बैठकले मोरङलगायत विभिन्न जिल्लाबाट परीक्षामा सहभागी नक्कली परीक्षार्थीको नतिजा रद्ध गर्ने निर्णयसमेत गरेको छ ।

सोमबारको बैठकमा परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा तयारीको वि षयमा बोर्डका पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए । उनले यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै आएका छन् ।

विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या आए नतिजा प्रकाशनको काम १र२ दिन पछाडि सर्न सक्ने जोखिम सधैं रहने कर्मचारीहरू बताउँछन् । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका(२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका ९२०७२० अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।

दुई विषयसम्म ननग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।