एनएमबि बैंकद्धारा त्रीनगरलाई आर्थिक सहयोग

एनएमबि बैंकद्धारा त्रीनगरलाई आर्थिक सहयोग

धनगढी । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत  एनएमबि बैंकले  त्रीनगर माध्यमीक बिद्यालयलाई एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको छ । 

बैंकको तर्फबाट सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख श्याम अधिकारी, बरिष्ठ क्षेत्रिय प्रवन्धक रमेश राज भट्ट, धनगढी मेनरोड शाखा प्रमुख नन्दा भण्डारी र अत्तरिया शाखा प्रबन्धक ईन्द्र देव भट्ट  लगायत अन्य कर्मचारीहरु समेतको उपस्थितिमा रकम हस्तान्त्रण गरेको हो । बिद्यालयका तर्फबाट प्रधानाध्यापक भुपाल सिं खडका र अविभावक संधका अध्यक्ष कमल राज पन्त र अन्य शिक्षकहरुको समेत उपस्थिीती रहेको थियो ।
उक्त सहयोग साइकल स्टान्ड निर्माण गर्नको लागि हस्तान्तरण गरिएको हो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाहो । बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।