एसईई: डोटीका सामुदायिक विद्यालयहरुमा उत्कृष्ट भगवती बिद्यालय

एसईई: डोटीका सामुदायिक विद्यालयहरुमा उत्कृष्ट भगवती बिद्यालय

धनगढी । डोटीको सामुदायिक विद्यालयहरुमा उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको भगवती माध्यमिक विद्यालयले यस बर्षपनि एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ।

आदर्श गाउपालिका वडा नम्बर ५ तलारामा रहेको सो विद्यालयले अरु बर्षझै शैक्षिक सत्र २०७९ मा पनि उत्कृष्ट नतिजा ल्याएको हो।

कुल ६१जना विद्यार्थी परीक्षामा सम्मीलित भएकोमा ४ जना ३.६ देखि ४.० जिपिए सम्म,८ जना ३.२ देखि ३.६ जिपिए सम्म,११ जना २.८ देखि ३.२ जिपिए सम्म,१८ जना २.४ देखि २.८ जिपिए सम्म,१३ जना २.० देखि २.४ जिपिए सम्म र ७ जना १.६ देखि २.० जिपिए सम्म ल्याई उत्तीर्ण भएका छन।
गत बर्ष पनि सो विद्यालयले एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको थियो।

भगवती माध्यमिक विद्यालय तलाराले एसएलसी परीक्षामा राम्रो नतिजा ल्याएबापत एकपटक राष्ट्रिय पुरस्कार पाईसकेको छ।यसका साथै एसएलसी परीक्षामा लगातार ३ बर्ष सम्म सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई सिकाइ उपलब्धि उच्चतम कायम गरेबापत २ पटक विद्यालय पुरस्कृत भैसकेको छ।

विद्यालयको प्रधानाध्यापक टेक बहादुर सिंह हुनुहुन्छ। सिंह बि।स। २०६५ सालमा विद्यालयको प्रधानाध्यापक भएदेखि विद्यालयले फड्को मार्न सुरु गरेको हो। विद्यार्थीहरुको नतिजाले आफू लगायत विद्यालय परिवारलाई खुसी लागेको प्रधानाध्यापक टेक बहादुर सिंह बताए ।आगामी बर्ष अझै राम्रो नतिजा दिनेगरी आफ्नो नेतृत्वको टिम कृयाशिल हुने उनको भनाई छ।