देशभर अहिलेसम्म २७ प्रतिशत रोपाइँ

देशभर अहिलेसम्म २७ प्रतिशत रोपाइँ

काठमाण्डौ । देशभर अहिलेसम्म झन्डै २७ प्रतिशत धान रोपाइँ भएको छ ।

गएको वर्ष असार २१ गतेसम्म झन्डै ४० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष झन्डै १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीवारसम्म झन्डै २७ प्रतिशतमात्र रोपाइँ भएको उनले बताए । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।

आउँदो साउन १५ गतेसम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।