एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।

अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । 

यस्तै नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ या परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिन सकिनेछ ।