दार्चुलामा १२ जना विद्यार्थी ३.६ भन्दा माथिको जीपीए ल्याउन सफल

दार्चुलामा १२ जना विद्यार्थी ३.६ भन्दा माथिको जीपीए ल्याउन सफल

दार्चुला । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा जिल्लाबाट १२ जना विद्यार्थीले ३।६ भन्दा माथिको जीपीए ल्याएका छन् । विहिबार प्रकाशित नतिजा अनुसार जिल्लामा ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभरी १२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाभर  २ हजार ८ सय ८३ जना विद्यार्थी मध्ये ३।६देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको इकाइ प्रमुख जय राज पन्तले जानकारी दिए ।

यस्तै, ३।२ देखि ३।६ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभरी ४६ जना रहेको उनले बताए ।  २।८ देखि ३।२ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभर १२९ जना रहेका छन ।   २।४ देखि २।८ जीपीए ल्याउने विद्यार्थी संख्या ३५५ जना रहेका छन । २ देखि २।४ सम्म ल्याउने विद्यार्थी ८०४ जना १।६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या सबै भन्दा बढि १ हजार ४८ जना रहेका छन ।

१।२ देखि १।६ जीपीए ल्याउने विद्यार्थी ४२० जना ०।८देखि १।२ जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ जना रहेको कार्यालयले जनाएको छ । गत चैत्र १७ गते देखि  सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा २६ जना विद्यार्थी सहभागि नभएको कार्यालयले जनाएको छ । नियमित तर्फ २ हजार ८  सय ८२ जनाले परीक्षा दिनका लागि फारम भरेका थिए ।