नेपाल वस्टर्नका ९ जना शिक्षक र ४ जना बिद्यार्थीहरु सम्मानित

नेपाल वस्टर्नका ९ जना शिक्षक र ४ जना बिद्यार्थीहरु सम्मानित

धनगढी । पोखरा यूनिभरसिटी बाट सम्बन्ध प्राप्त धनगढीको नेपाल वस्टर्न एकेडेमीले १४ औं बार्षिक उत्सब मनाएको छ । 
एकेडेमीले आज (शनिवार) धनगढीको ओम प्यालेसमा एक कार्यक्रमका बिच १४ औं बार्षिक उत्सब मनाएको हो । 

कार्यक्रमको सभापतित्व एकेडेमीका संस्थापक शैलेश सिंह र प्रमुख अतिथि सुदूरपश्चिम बिश्वबिद्यालयका प्रचार्य डा. पदमराज जोशी रहेका थिए । 

कार्यक्रममा बोल्दै जोशीले भने, आजको आवश्यकता भनेको प्राविधिक धार नै रहेको र अहिले बिश्वले प्रविधि तर्फ आर्कशित हुन लागेको बताएका छन् । 

बार्षिक उत्सबको अवसरमा एकेडेमीले आफ्ना नौ जना शिक्षकहरुलाई र यूनिभरसिटी टप गर्ने ४ जना बिद्यार्थीहरुलाई सम्मान गरेको छ । 

सम्मान हुने शिक्षकहरुमा पुष्कर राज पाण्डेय,एपल दुग्गर,ईन्द्रमनि अवस्थी,टेकराज जोशी,अजय न्यौपाने,गोबिन्द बोहरा, महेशराज जोशी,प्रेम राज जोशी र देव राज जोशी सम्मानित भएका एकेडेमीका बिबिए बिआई संकाय प्रमुख सुमित पन्तले जानकारी दिए । 

No description available.

पन्तका अनुसार यूनिभरसिटी टप गर्ने कुमारी अञ्जली पण्डित,तिर्थराज जैशी,बिजय बिष्ट र आयत अन्सरीलाई एकेडेमीले बार्षिक उत्सबको अवसरमा सम्मान गरेको छ ।

No description available.

उक्त बिद्यायलय पछिलो समयमा बिभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन काम गर्दै आएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

                                                                                           तस्बिर : मोहन पनेरु/धनगढी खबर