दार्चुलामा खोलामा खसेर एक पुरुको मृत्यु

दार्चुलामा खोलामा खसेर एक पुरुको मृत्यु

दार्चुला । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरी शनिबार साँझमालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।