विद्यालयको नवनिर्मित  २ कोठे पक्कि भवनको उद्घाटन

विद्यालयको नवनिर्मित  २ कोठे पक्कि भवनको उद्घाटन

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयको नवनिर्मित २ कोठे पक्कि भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि झपट बहादुर साउँदले भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन पश्चात बोल्दै उनले अपांगता भएका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयको अवस्था हेर्दा आफु भावुक बनेको बताए । उनले अपांगता भएका बालबालिकाहरुको अवस्था सुधार्न विद्यालयका कर्मचारी र व्यवस्थापन टिमले थालेको मेहनत अतुलनिय रहेको बताए । उनले शिक्षाको ग्यारेन्टी गरेर अपांगता भएका बालबालिकाहरुलाई आवास सहितको सुविधा दिन सक्नु एकदमै गाह्रो काम भएको बताए । उनले विद्यालयको अवस्थालाई मध्यनजर गर्दै प्रदेशको तर्फबाट आफुले गर्ने हरेक कार्यमा अग्रसर रहने बताए । ‘यहाँको अवस्था मैले हेरे, यहाँका आवश्यकताहरुलाई मैले गम्भीरता पुर्वक लिएको छु’ उनले भने ‘मैले के कती गर्न सकिन्छ तुरुन्तै पहल गर्नेछु, यहाँ धेरै गर्नु छ, छिट्टै म केही न केहीबाट यहाँ कामको सुरुवात गर्छु ।’

प्रदेशकै मुटुको रुपमा रहेको गोदावरी नगरपालिका विभिन्न दृष्ट्रिकोणले प्रदेशको लागि महत्वपुर्ण भएको उनले बताए । उनले यस क्षेत्रको विकास गर्न सके समग्र प्रदेशको विकास भएको अनुभुती हुने भएकाले यहाँको भौतिक, विकास, पुर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको विकासका लागि आफु सदैव अग्रसर रहने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख शारदा रोकायाले अपांगता भएका बालबालिकाहरु अध्ययनरत सुप समावेशीको भौतिक पुर्वाधारमा प्रदेशले सहजता प्रदान गरेको बताईन । उनले विद्यालयमा अझै पनि विभिन्न समस्याहरु रहेकाले ति समस्याहरुको समाधानमा नगरपालिका तथा प्रदेश सरकारले समन्वय गरेर अगाडी बढ्नुपर्ने बताईन । उनले नगरको तर्फबाट गर्ने कुराहरुमा आफु पहल गर्न तयार रहेको समेत बताईन । सामाजिक विकास मन्त्रालयको १९ लाख आर्थिक सहयोगमा बनेको उक्त २ कोठे पक्कि भवन २०७९ पुषदेखी निर्माण थालिएको थियो ।