पछिल्ला घटनाक्रमले जनप्रतिनिधि र संघीयतामा प्रहार गरिँदै

पछिल्ला घटनाक्रमले जनप्रतिनिधि र संघीयतामा प्रहार गरिँदै

धनगढीः ७ नम्बर प्रदेशका सांसदहरूले तेह्र बर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न माग गरेका छन्। आज बसेको प्रदेश सभा बैठकको शून्य समयमा सांसदहरूले सो माग गरेका हुन्। 

निर्मला पन्तको वास्तविक हत्याबारे प्रहरीले वास्तविकता बाहिर नल्याएको भन्दै कञ्चनपुरमा आन्दोलनले उग्र रूप लिएको छ। सरकारले घटनाको छानबिन गरेर तत्काल शान्ति सुरक्षा कायम गर्नु पर्नेमा सांसदहरूले जोड दिएका छन्।  

‘आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगा प्रहार गरिएको छ,’ नेकपाका सांसद लिलाधर भट्टले भने, ‘प्रहरीले गोली चलाएको छ। ‘आन्दोलनले उग्र रूप धारण गरिरहेको छ। घटनाबारे सरकारले छानबिन गर्नु पर्छ।’

पछिल्लो समय भई रहेका घटना क्रमले जनप्रतिनिधि र संघीयता माथि प्रहार भइरहेको उने बताए। सामाजिक सद्भाव र संयीयता माथि भइरहेको प्रहारमा सरकारले समयमा नै ध्यायन पु¥याउनु पर्ने उनको भनाई छ। 

‘सामाजिक सद्भाव खलबलिने नारा लाग्दै छन्। जनप्रतिनिधि मुर्दाबादकाे नारा सुनिँदै छन्। संघीयता खारेज गर भनिँदै छ। यसमा राजनीतिक गर्ने चेष्टा गरिएको छ। देशभरि शान्ति सुरक्षा खल्बल्याउने प्रयास भएका छन्। यसमा सरकारले समयमा ध्यायन पु¥याउनु पर्छ,’ सांसद भट्टले भने। 

प्रशासनले सही व्यवस्थापन गर्न नसकेकोले यो घटनाले ठुलो रुपधारण गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले बताए। उनले घटनाको छानिविनका लागि प्रदेश सरकारले संसदीय समिति गठन गर्नु पर्ने बताए। 

नेकपाकी सांसद पुर्णा जोशीले तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई उम्किन दिन नहुने बताइन्। उनले घटनालाई राजनीतिकरण गरिन नहुने समेत तर्क गरिन्।