चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।