योजनाको कमिसन विवादः सुनर्याका जनप्रतिनिधीको नाम जोडीयो, प्रहरीमा निवेदन

योजनाको कमिसन विवादः सुनर्याका जनप्रतिनिधीको नाम जोडीयो, प्रहरीमा निवेदन

ललित बोहरा / बैतडी । बैतडीको सुनर्या गाउँपालिकाकामा एक योजनाको कमिसनको विवाद बाहिरीएको छ ।  गाउँपालिको वडा नम्बर ५ रडीगाउँमा ५ लाखको तुसरीया साना सिंचाई योजनाको बिषयमा विवाद हुदाँ कमिसनको बिषय बाहीरीएको हो । 

गाउँपालिको वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर बिष्टले योजनामा ५० हजार कमिसनमार्फत कसैलाई दिनु पर्ने भन्दै उपभोक्ता समुहबाट मागेपछि विवाद सिर्जना भएको हो । योजना संम्झैता भइ काम सुरु गर्नु भन्दा पहिले नै ५० हजार मागेको उपभोक्ता समितीका पदाधिकारीको भनाई छ ।
एक पदाधीकारीले भने, ‘सम्झैता नै हामीले २ पटक गरेका छौ, घरबाट ५० हजार दिनुस तेतीकै कहाँ योजना आउछ भन्दै काम अवरुद्ध गरे उनले भने अनसार काम गरे।

काम सम्पन्न भइ भुक्तानी भएको रकम ४ लाख ५० हजार अहिले वडा सदस्य बिष्टसंग नै रहेको उपभोक्ता समितिका अध्यक्ष कलावती विष्टले बताईन् । 

 उनले भनीन्, घरबाट पैसा मागेका थिए मैले सबै जिम्मेवारी उनलाई नै दिएकी थिए श्रमिकको पैसा नै दिएन, हिसाव माग्दै कुटपीटमै आए, गाउँकालाई घाईते बनाएका छन् ।

खरिदको जिम्मेवारी नदिएपछि वडा सदस्यले नै साना सिँचाईको निमार्णको जिम्मेवारी लिएका थिए । अहिले काम गरेको पैसा भुक्तानी  भूक्तानी ४ लाख ५० हजार वडा सदस्यसंगै नै छ । त्यो दिनुस भन्दा नदिएपछि थप विवाद सिर्जना भएको हो । 

सामाजीक सञ्जालमा सार्वजनीक भिडीयोमा वडा सदस्य बिष्टले स्थानीय धउव सिह बिष्टलाई गाली गलैज गर्दै कुटपीट गरिरहेको देखीएको छ । तर दाई नाता पर्ने धउवले आफुलाई कुटपीट तथा विवादबारे जानकारी नभएको बताए । भिडीयो एक महिलाले पैसा नदिनु तनाव पनी नदिनु भनेका छन् तर मादक पदार्थ सेवन गरेको वडा सदस्यले गाली गर्न छोडन् । थप सडक निमार्णको जिम्मा पनि आफ्नो भएको र हिसाव दिन्छु भनेको छन् । 

झडप भएको छिमेकी नरेन्द्र बिष्टलाई बच्चाले आएर झडप साम्य गरे । तर वडा सदस्य बिष्टले  उनको नाममा रौलेश्वर प्रहरी चौकीमा गाली गलैजको निवेदन दिएका छन् ।

बिहीबार सुनर्या गाउँपालिका वडा नम्ब ५ बस्ने नरेन्द्र बिष्टले आफुमाथि गालीगलैज गरेको भन्दै वडा सदस्य कर्ण सिह बिष्टले निवेदन दिएको रौलेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार दिपेन्द्र पालले बताए ।

उनले भने,‘हिजो निवेदन आएको छ छलफलका लागि हिजो पनि बोलाएको वडा सदस्य वडामा काम छ भन्दै आएनन। आज आउलान छलफल हुन्छ, कमीसनको बिषय निवेदनमा छैन् ।

के भन्छन् कर्ण बिष्ट
साना सिचाईको काम समुहबाट गर्नु पर्ने देखीयो । नयाँ समुह दर्ता गर्नु भन्दा पुरानौबाट गर्ने काम गरियो मलाई नसोधेर । सम्झैतामा समान्य छलफल भयो । पुरानौ समुहबाट संम्झैता भयो । कसैले काम सुरु गर्न सकेन् । मलाई खरिद गरेको जिम्मेवारी दियो । पाईप लगायतका स्टमेट अनुसारको समाग्री खरिद गरेर ल्याए । फेरी कसैले काम नगर्ने भनेपछि मैलेनै काम गर्ने मान्छे लगाए काम गराए सिचाई निमार्ण भयो । खर्चको विवरण केही दिनमा समुहलाई दिन्छ भन्दा गाउँका मान्छेलाई उतारेर योजनाबद्ध रुपमा म माथि आक्रमण नरेन्द्र बिष्टहरुको समुहले गर्यो । भिडीयो समेत बनाए नबनाउ छलफल गरौ भनेको मैले पहिले उनीहरुकाले हातपात गरे अनि मेलै पनि गाली गरेकै हो । 

३  दिनसम्म म व्यष्त छु। त्यसपछि प्रहरीमा र समुहमा छलपफल गर्छु । रकम पनि केही फिर्ता समुहमा गर्नु छ त्यो दिन्छु । 

कमिसन नभई खरिद गर्ने ५० हजार पछि दिने गरी मागको वडा सदस्य बिष्टको भनाई छ ।