यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

बारा । बाराको निजगढ २ सिङगौलकी एक १३ वर्षीया किशोरी माथी यौन दुव्र्यवहारको आरोप लागेका स्थानीय मनोज राईलाई प्रहरीले पक्राउ गरेकोछ ।

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । पसलमा सामान किन्न गएकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले राई विरुद्ध अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।

पीडितका आफन्तले सोमवार यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।