के तपाईँ पनि बिहान उठ्नासाथ मोबाइल चलाउनु हुन्छ ? ध्यान दिनुहोस् यी कुरा

के तपाईँ पनि बिहान उठ्नासाथ मोबाइल चलाउनु हुन्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौं । केहि वर्ष अगाडिसम्म केवल खाना, लुगा, घर र राम्रो शिक्षा मानिसको जिन्दगीको आवश्यक कुरा हुन्थ्यो भने अहिले मोबाइल पनि अत्यावश्यक कुरामा समावेश भएको छ ।

प्रायः मानिस मोबाइल बिना एक छिन पनि रहन सक्दैनन् । यसका साथै स–साना बालबालिकामा पनि मोबाइलको लत एउटा ठुलो समस्या बनेको छ ।

प्रायः मानिसको दिनको शुरुवात नै मोबाइलबाट हुन्छ । बिहान उठ्नासाथ मानिसहरु ओछ्यानमा नै मोबाइल चेक गर्न र चलाउन थाल्छन् । बिहान उठ्नासाथ फोन चलाउनाले शरीरमा विभिन्न किसिमका प्रभाव पर्छ भन्ने बारेमा धेरैलाई जानकारी नै नभएको पाइएको छ ।

तनाव बढ्छ

बिहान उठ्दा दिमाग ताजा हुन्छ । ताजा दिमाग भएको समयमा मोबाइलको प्रयोग गर्नाले दिमागमा विभिन्न किसिमका सूचना पुग्छ । जसले गर्दा दिनभरी नै ती सूचनाहरुबाट प्रभावित हुन्छ, जसका कारण तनावको समस्या बढ्छ ।

टाउको दुख्नु

धेरै मानिसलाई मोबाइलको प्रयोग गर्दा अथवा मोबाइल प्रयोग गरिसकेपछि टाउको दुख्ने समस्या हुन्छ । अत्यधिक प्रकाश र स्क्रोलिङका कारण दिमागमा असर पर्छ, जसका कारण टाउको दुख्ने समस्या हुन्छ ।

दिमागी स्वास्थ्यमा प्रभाव

बिहान मोबाइलको प्रयोग गर्नाले दिमागी स्वास्थ्य पनि प्रभावित हुन्छ । बिहान मोबाइलको प्रयोगले दिमाग शान्त रहँदैन । यसका साथै विभिन्न किसिमका सूचनाका कारण दिमाग ओभरलोड हुन्छ । एउटा राम्रो दिमागी स्वास्थ्यका लागि बिहान उठ्नासाथ मोबाइल प्रयोग गर्नु राम्रो बानी होइन ।

प्रोडक्टिभिटी कम हुनु

मोबाइल प्रयोग गर्दा कहिलेकाहिँ समयको बितेको थाहा नै हुँदैन । यसका साथै मानिस मोबाइलमा यति धेरै व्यस्त हुन्छन् कि उनीहरु आफ्नो दिनचर्यामा ध्यान दिँदैनन् । मोबाइल प्रयोग गर्नाले बिहान आफ्नो आवश्यक काम ढिला शुरु हुन्छ भने कुनै काम त स्किप नै हुन्छ । अत्यधिक मोबाइल प्रयोगले दिमागबाट अत्यावश्यक कुरा पनि स्किप हुन्छ ।

दिनको थालनी कसरी गर्ने ?

बिहान उठ्नासाथ दुबै हात रगडेर अनुहारमा लगाउनु पर्छ ।
प्रोडक्टिभिटी बढाउनका लागि राति छिट्टो सुत्ने र बिहान छिट्टै उठ्ने बानी बसाल्नु पर्छ ।
बिहान उठ्नासाथ मन तातो पानी पिउनु पर्छ ।
राम्रो बिहानीका लागि स्वास्थ्यकर र राम्रो खाना आवश्यक हुन्छ ।
बिहान व्यायाम र योगा गर्नाले तनाव कम हुन्छ ।