विश्व चर्चित ह्याकर केभिन मिटनिकको निधन

विश्व चर्चित ह्याकर केभिन मिटनिकको निधन

काठमाडौं ।  विश्व प्रसिद्ध ह्याकर केभिन डेभिड मिटनिकको निधन भएको छ । ५९ वर्षीय ह्याकर मिटनिकको आइतबार अमेरिकाको लस भेगास शहरस्थित आफ्नै घरमा निधन भएको हो ।

उनको निधन भएको खबर बिहीबार मात्र बाहिरिएको छ । कुनै समय अमेरिकी प्रहरीको मस्ट वान्टेड क्रिमिनलको लिस्टमा परेका उनी प्यान्क्रियाज क्यान्सरबाट ग्रसित थिए । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी विगत एक वर्षदेखि युनिभर्सिटी अफ पिट्सबर्गमा क्यान्सको उपचार गराइरहेका थिए । 

सन् १९९० को दशकका कुख्यात ह्याकर मिटनिक कम्प्युटरबाट हजारौं फाइल्स र क्रेडिट कार्ड नम्बर चोरीमा संलग्न थिए । उनी आफ्नो सीप प्रयोग गरेर फोन तथा सेल नेटवर्क, सरकारी, कर्पोरेट र विश्वविद्यालय कम्प्युटर सिस्टम ह्याक गर्थे । त्यस समयमा उनको नाम संसारकै ‘मस्ट वान्टेड’ मा समावेश गरिएको थियो ।

सन् १९९५ मा मिटनिकलाई एफबीआईले पक्राउ गर्‍यो । उनीमाथि कम्प्युटर फ्रडमा संलग्न भएको र गैर कानूनी रूपमा फोनमा एक्सेस लिएको आरोपमा मुद्दा दायर गरियो । उनमाथि त्यस समयमा अर्बौंका कम्पनी ट्रेड सिक्रेट्स​मा पहुँच बनाएको दोष समेत लगाइएको थियो । 

सन् १९९९ मा मिटनिकले कम्प्युटर र वायर फ्रडको दोषी स्वीकार गरे र उनलाई ४६ महिनाको महिनाको जेल सजाय सुनाइयो । रिहा भएको तीन वर्षसम्म उनलाई प्रोबेशन अफिसरको अनुमतिबिना कम्प्युटर वा सेलफोन प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको थियो ।

 १७ वर्षदेखि कम्प्युटरले कसरी काम गर्छ भन्ने विषयमा पोख्त हुँदै आएका उनी विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका सिस्टम ह्याक गर्ने कार्यमा संलग्न थिए । किशोर अवस्थामा उनी प्रहरीलाई निकै झुक्याउँथे।

उनले त्यतिका क्रेडिट कार्ड नम्बर फेला पारे पनि त्यसको फाइदा कहिल्यै नउठाएको दाबी गर्दै आए । पछि जेलबाट छुटिसकेपछि उनले आफ्नो बाटो बदले र आफूलाई साइबर सुरक्षा विश्लेषक तथा ह्वाइट ह्याकरका रूपमा स्थापित गरे । सन् २०११ मा उनले ‘नो बि फोर ९प्लयधद्यभद्ध०’ नामको साइबर सुरक्षा कम्पनी स्थापना गरी आफू त्यसको चिफ ह्याकिङ अफिसर बने । उनी त्यस प्लेटफर्मबाट आफ्ना ग्राहकहरूलाई साइबर सुरक्षाका तालिम दिँदै आएका थिए । टेकपाना