पिताले लिंग परिवर्तन गर्न नदिएपछि आत्महत्या

पिताले लिंग परिवर्तन गर्न नदिएपछि आत्महत्या

भारतको तमिलनाडुमा २१ वर्षीय युवकले आत्महत्या गरेका छन् । उनी सर्जरी गरेर लिंग परिवर्तन गरी महिला बन्न चाहन्थे तर उनका पिता यसका लागि तयार भएनन् ।

बुवासँग झगडा परेपछि उनी झुण्डिएर मारेका हुन् । प्रहरीका अनुसार, गजेन्द्रका २१ वर्षीय छोरा पार्थसारथिले बीसीए गरेका थिए । पढाइ सकेपछि उनी बेरोजगार रहे । पिताले दबाब दिए पनि उनले जागिर खान मानेनन् । 

उनको परिवारले पार्थसारथिको व्यवहारमा परिवर्तन आएको देखे । उनी घरैमा थुनिएर बस्थे । आफ्ना साथीहरूलाई पनि भेट्दैनथिए । 

पछि परिवारका मान्छेलाई उनले लिंग परिवर्तन गर्न चाहेको बताए । गजेन्द्रले छोरालाई हप्काए र लिंग परिवर्तन गर्न दिएनन् । बुवाले गाली गरेपछि पार्थसारथिले घर त्यागे । 

घरबाट निस्केर पार्थसारथिले एक महिलाको घरमा शरण लिए । गजेन्द्रले छोरालाई लिन जाँदा तेस्रो लिंगीसँग बसिरहेको देखे । घर लान खोज्दा छोराले लिंग परिवर्तन गर्न दिए मात्र घर जान्छु भने । अनि बुवा रिसाएर गए ।

पिता गएपछि पार्थसारथि फाँसीमा झुण्डिए । सूचना पाएपछि प्रहरीले उसको लाश पोस्टमार्टमका लागि पठायो । प्रहरीले उजुरी दर्ता गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।