फोन पुरानो भयो ? नयाँ देखाउन यसो गर्नुहोस्

फोन पुरानो भयो ? नयाँ देखाउन यसो गर्नुहोस्

काठमाडौं । तपाईंको स्मार्टफोनको अवस्था कस्तो छ ? फोन पुरानो भएर कतै अप्ठ्याराे मान्नु भएको त छैन ? यदि यस्तो हो भने आज हामी तपाईंलाई केही तरिका सिकाउँदै छौं, जसले तपाईंको त्यस्तो समस्या कम गर्न सक्छ ।

होमस्क्रिन लञ्चरको प्रयोग गर्नुहाेस्

 

तपाईंले आफ्नो फोनमा प्राय: देखिरहने स्क्रिन नै होमस्क्रिन हो । यसले फोनलाई आकर्षक बनाउने गर्छ । तर विभिन्न प्रकारका थर्ड पार्टी लञ्चरहरू प्रयोग गरेर यसलाई परिवर्तन गर्न सकिन्छ ।

यसका लागि विभिन्न प्रकारका स्क्रिन लञ्चरहरू पाइन्छन् । लञ्चर इन्स्टल गर्दा त्यसबारे केही अध्ययन भने गर्नुपर्ने हुन्छ ।

एप आइकन परिवर्तन गर्नुहाेस्

एन्ड्रोइडको होम स्क्रिनबाट एपहरूको आइकन परिवर्तन गर्न सकिन्छ । अथवा थर्डपार्टी ‘आइकन प्याक’ पनि प्रयोग गर्न सक्नुहुन्छ । हुन त कतिपय होमस्क्रिन लञ्चर प्रयोग गर्दा नै एपको आइकन परिवर्तन हुन्छ । यसरी आइकनहरू परिवर्तन गर्दा वालपेपरको रङसँग मिल्ने राखेमा फोन निकै आकर्षक देखिन्छ । 

वालपेपर फेर्नुहाेस्  

कतिपयले आफ्नो फोनको वालपेपर परिवर्तन गर्दैनन् । तर केही समय लगाएर आकर्षक वालपेपर प्रयोग गर्दा फोन नयाँ लाग्न सक्छ । आफ्नो डिभाइसलाई पर्सनलाइज बनाउने एउटा विधि वालपेपर फेर्नु पनि हाे ।

अझ अहिलेका सामसङ र गुगलका पिक्सेल फोनहरूले ‘मटेलियल यु’ नामक एन्ड्रोइड फिचर सपोर्ट गर्छन् । वालपेपर परिवर्तन गर्न यो उपयोगी फिचर हो । यो फिचर इनेबल हुँदा तपाईंले छानेको वालपेपरका रङहरूलाई नै विभिन्न सेटिङ प्यानल, भोल्युम कन्ट्रोल, सिस्टम एप आदिमा देखिन्छ ।

नयाँ केस किन्नुहाेस्

माथि हामीले सफ्टवेयर सम्बन्धी मात्र कुरा गर्‍याैं । तर हार्डवेयरमा केही परिवर्तन गर्दा पनि पुरानो फोन नयाँ देखिन सक्छ । यसका लागि तपाईंले सुहाउँदो र आकर्षक फोन केस प्रयोग गर्न सक्नुहुन्छ ।

बजारमा अहिले विभिन्न प्रकारका केस पाइन्छ । केस हालेको फोन र बिना केसको फोन प्रयोग गर्दा अनुभव नै फरक हुन्छ । प्राय: फोनको पछाडिको भागमा भएका स्क्र्याचहरू केसले छोप्ने गर्छ ।

यसबाहेक स्क्रिनमा हार्ड ग्लास नयाँ लगाउने, धुलो मैलोबाट बचाउने लगायतका काम गर्नुहाेस् । टेकपाना