फिफा महिला विश्वकप फुटबलमा आज ४ खेल

फिफा महिला विश्वकप फुटबलमा आज ४ खेल

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज २ वटा समूहबाट अन्तिम १६मा पुग्ने टिमको टुंगो लाग्ने भएको छ । 

समूह सीका दुवै खेल पौने १ बजे सुरुहुने छन् भने समूह बीका दुवै खेल पौने ४ बजे सुरु हुने छ । एउटा खेलमा जापान र स्पेन भिड्दा अर्को खेलमा कोस्टारिका र जाम्बिाया भिड्ने छन् । यो समूहबाट जापान र स्पेन प्रि क्वाटरफाइनलमा प्रवेश गरिसकेकाले समूह विजेताको मात्र टुंगो लाग्ने छ । कोस्टारिका र जाम्बिया सानत्वना जितको खोजिमा मैदान उत्रने छन् । दुवै टिम प्रतियोगिताबाट बाहिर भइसकेकाले नतिजाले कुनै प्रभाव पार्ने छैन ।

यस्तै, समूह बीका दुवै खेल पौने ४ बजे सुरुहुने छ । यसमा घरेलु टोली अस्ट्रेलिया र क्यानडा तथा आयरल्याण्ड र नाइजेरिया भिड्ने छन् । आयरल्याण्डबाहेक अरु तीन टिम नाइजेरिया, क्यानडा र अस्ट्रेलिया सवैको प्रि क्वाटरफाइनल सम्भावना कायमै छ ।

नाइजेरियाले आयरल्याण्डलाई बराबरीमा रोक्दामात्रै पनि प्रि क्वाटरफाइनलमा पुग्दा अस्ट्रेलिया र क्यानाडाले भने जित निकाल्दै पर्ने छ ।