कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी

कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी

एजेन्सी । शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नु भनेको तपाईंको मुटुको लागि एकदमै नोक्सानदायक कुरा हो । त्यसैले कोलेस्ट्रोलको मात्रा नियन्त्रित गर्नका लागि ७ प्रकारको पानीको सेवन गर्नुहोस् ।

बेसार पानी
बेसारमा औषधीय गुणहरु भरपूर मात्रामा हुन्छ जसले कोलेस्ट्रोलको मात्रालाई कम गर्नका लागि एकदमै असरदार हुन्छ । त्यसैले पानीमा काँचो बेसारको सानो टुक्रा घोटेर राख्नुहोस् र सानो आगोमा केहीबेर उमाल्नुहोस् । केहीबेर चिसो भएपछि छानेर यसको सेवन गर्नुहोस् ।

कागती पानी

मनतातो पानीमा कागती निचोरेर खाली पेट सेवन गर्नाले कोलेस्ट्रोलको मात्रा घट्न सक्छ । त्यस्तै कागती पानीमा मह मिसाएर पिउने गरेमा पनि कोलेस्ट्रोल र तौल बढ्ने समस्या कम हुन्छ ।

मेथीको पानी

एक गिलास पानीमा एक चम्चा मेथीको दाना राखेर केहीबेर उमाल्नुहोस् । पानीको मात्रा कम भयो भने छानेर चिसो बनाएर खाली पेट यसको सेवन गर्नुहोस् । कोलेस्ट्रोलको मात्रा कम हुँदै जान्छ ।

दालचिनी पानी

गुणहरुले भरपूर दालचिनीले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न सक्छ । त्यसैले पानीमा दालचिनीको सानो टुक्रा राखेर उमाल्ने । यसलाई छानेर मह मिसाएर पनि पिउन सकिन्छ ।

धनियाँ बीजको पानी

धनियाँको बीजमा कैयौं पोषक तत्वहरु हुन्छ । जसले कोलेस्ट्रोलको मात्रा घटाउने काम गर्छ । त्यसैले पानीमा धनियाँको बीज राखेर उमालेर उक्त पानीको सेवनले शरीर तथा मुटुको स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ ।

अमला

अमलामा एन्टीअक्सीडेन्ट्स जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन्, जो मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । त्यसैले एक गिलास मनतातो पानीमा एक चम्चा अमलाको पाउडर राखेर खाली पेट सेवन गर्नुहोस् ।

आलस पानी

आलसको बीजलाई भुटेर पिस्ने । एक गिलास मनतातो पानीमा एक चम्चा आलस पाउडर मिसाएर पिउनु सकिन्छ । पोषक तत्वले भरपूर यी बीजले शरीरको खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न सकिन्छ ।