गाई गोरुको छाला सहित २ जना पक्राउ

गाई गोरुको छाला सहित २ जना पक्राउ

धनगढी । कञ्चनपुरबाट गाई गोरुको छाला सहित २ जना पक्राउ परेका छन । 

सोमबार कञ्चनपुरको आइबीआरडीबाट काठमाण्डौं जाँदै गरेको बसमा चेकजाँच गर्दा १५० पीस गाई, गोरुको छालासहित २ जना पक्राउ परेका हुन ।

काठमाण्डौं जाँदै गरेको सुपप्र ०२–००१ ख ११०८ नम्बरको बसमा चेकजाँच गर्दा आइबीआरडीका ङेने तामाङ्ग र सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका –४ जागिरे यमुना बस्ने ४० बर्षीय सन्तोष खड्का छाला सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेकचाँच गर्दा १५ बोरामा काठमाण्डौं लग्दै गरेको अवस्थामा गाइगोरुको छाला बरामद गरेको हो ।