विश्वकप फुटबलमा आज चार खेल, पोर्चुगलले अमेरिकासँग खेल्दै

विश्वकप फुटबलमा आज चार खेल, पोर्चुगलले अमेरिकासँग खेल्दै

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज चारवटा खेल हुँदै छन् । आज समूह ‘डी’ र ‘ई’ का समूह चरणका खेल हुन लागेका हुन् ।  

समूह ‘ई’ का खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछन् । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आपसमा भिड्ने छन् ।

आजै समूह ‘डी’ का खेल पौने ४ बजे सुरु हुनेछन् । चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन् । महिला विश्वकप आगामी २० अगस्टसम्म अस्ट्रेलिया र न्यूजिल्याण्डमा चल्नेछ ।

विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।