सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भट्टको सम्भावना बढी

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भट्टको सम्भावना बढी

कैलाली । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री नियुक्त गर्ने श्रोतले जनाएको छ ।

आज काठमाण्डढौंमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।

यो सँगै भोलि कांग्रेसकाले मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले जानकारी दिए । भोलि संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने तयारी भइरहेको छ ।

बझाङ सडक दुर्घटनामा परि पृथ्वी बहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली भएको थियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गरेका कारण कांग्रेसले पाउने सम्भावना रहेका मन्त्रालयमा पनि मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका थिएनन् ।

आज बालुवाटारमा सहमति भएपछि कांग्रेसले भोली मन्त्री टुङ्गो लगाउने भएको छ । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपछि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।