बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम गर्दै

बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम गर्दै

धनगढी । बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैतडी समाजले आउँदो साउन २७ गते (शनिवार) धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो। रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले पछिल्लो समय स्वास्थ्य संस्थामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिन लागेको बताए।

उनले साउन २७ गते बिहान साढे आठ बजेदेखि धनगढी स्थित पदमा नर्सिङ्ग कलेजको प्राङ्गमा उत्तरबेहेडीमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह समेत गरेका छन्। बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ। समाजले बैतडीमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर, आवश्यकता अनुसार कैलालीमा रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ।   

समाजले बर्ष को २ पटक रक्तदान कार्यक्रम को आयोजना गर्दै आएको छ। समाज स्थापनाको पहिलो बर्ष  २०७५र०३र१६ मा रक्तदान कार्यक्रमको शुरुवात गरे छोटो समयमै पहिलो पटकको रक्तदान कार्यक्रम मा ७७ जना, दोस्रोमा ८८ जना, तेस्रो पटक १२२, चौथों पटक १३७ र पाँचौ पटक १०७ जना, छैटौं पटक ७७ जना, सातौ पटक पनि ७७ जना, र आठौं पटक  ८५ जना, नऔँ पटकमा ८१ जना र दशौँ पटक मा ५१ जना गरि जम्मा ९०५ जनाले रक्तदान गरी सकेको चन्दले बताए ।

स्वयंसेवी रक्तदाताहरु प्रती उच्च सम्मान व्यक्त गर्दै चन्दले यहि  साउन २७ को ११औं रक्तदान कार्यक्रममा सबैलाई उपस्थित भएर रक्तदान गरिदिन हार्दिक अनुरोध समेत गरेका छन,भने उक्त कार्यक्रममा सहभागीहरुको  समृद्धि डेन्टलका डा.द्वय बिमल थापा र सन्तोष कुमार पाण्डेद्वारा निःशुल्क दन्त परिक्षण, परामर्श तथा उपचारमा भारी छुट गरिने छ ।  भने  आगन्तुक र सहभागी सबैलाई खिर खुवाईने चन्दले बताए ।