धनगढी विमानस्थललाई कर्मचारी आवश्यकताको गलत सूचना सार्वजनिक

धनगढी विमानस्थललाई कर्मचारी आवश्यकताको गलत सूचना सार्वजनिक

धनगढी । कैलालीस्थित धनगढी विमानस्थलका लागि कर्मचारीको आवश्यकता परेको भन्दै गलत सूचना सार्वजनिक भएको पाइएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक जनाले गलत सूचना सार्वजनिक गरेका हुन्।

धनगढी विमानस्थलका अनुसार निरा थापामगर नामको फेसबुकबाट विमानस्थलमा विभिन्न प्रकृतिका कामदार चाहिएको भन्दै गतल सूचना सार्वजनिक भएको थियो। उनले मोबाइल नमबर ९८२७४२९८७४ मा सम्पर्क गर्न आह्वान गरेकोमा गतल भएको विमानस्थल कार्यालयले जनाएको छ। 

धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी आवश्यकताको सूचना गलत भएको बताएका हुन। उनले फेसबुकको सूचनाको आधारमा कार्यालयमा सर्वसाधरण कामका लागि आउने गरेको बताए। उनले विमानस्थल कार्यालयमा कुनै पनि कामका लागि कर्मचारी आवश्यक नभएको बताए। 

सामाजिक सञ्जालमा भ्रम फैलाएर सर्वसाधारणलाई ठग्ने अभिप्रायले गलत सूचना प्रवाह गरिएको भन्दै भट्टले सबैलाई भ्रममा नपर्न आग्रह समेत गरेका छन्। विमानस्थल कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्यमा संलग्न व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार निवेदन समेत दिएको छ।