डडेल्धुरामा एक बाख्रा खोरमा आगलागी

डडेल्धुरामा एक बाख्रा खोरमा आगलागी

डडेल्धुरा । डडेल्धुराको एक बाख्रा खोरमा आगलागी भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ का नेत्रलाल बोहराको बाख्रा खोरमा आगलागी हुँदा खोरमा थुनिएका एउटा खसी र दुईवटा बोका जलेर मरेका छन्।

आलिताल गाउँपालिका-४ का नेत्रलाल बोहराको काठले बनेको जस्तापाताले बाख्राखोरमा मच्छर धपाउन बालेको आगोबाट मंगलवार बिहान अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आगलागीबाट एउटा खसी र दुईवटा बोका जलेर मरेका बताएको छ। प्रहरीका अनुसार खोर पूर्ण रुपमा जले पनि खोरभित्र रहेका १० वटा बाख्राको सकुशल उद्दार गरिएको छ।