नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने विक पक्राउ

नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने विक पक्राउ

काठमाण्डौ । युवतीको नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको सहयोगमा काठमाण्डौ ल्याएर अनुसन्धान थालेको छ । विकले फेसबुकमा एक युवतीसँग साथी बनेर अश्लील संवाद र नग्न भिडियो कल गर्ने गरेका प्रहरीले जनाएको छ । उनले नग्न भिडियो र अश्लील संवाद सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै युवतीका आफन्तलाई पनि पठाएको भन्दै उजुरी परेको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।