गोरखापत्रबाट सम्मानित पत्रकार जोशीलाई पुरस्कार प्रदान

गोरखापत्रबाट सम्मानित पत्रकार जोशीलाई पुरस्कार प्रदान

धनगढी । गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका गोरखापत्रमा कार्यरत दार्चुलाका चर्चित पत्रकार लोकेन्द्रप्रसाद जोशीलाई मंगलबार (आज) पुरस्कार प्रदान गरिएको छ । 

विगत नौँ वर्षदेखि पत्रकारितामा सक्रिय जोशी लाई गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशबाट उनलाई उत्कृष्ट समाचारदाताको रूपमा सम्मानित गरिएको हो ।

काठमार्डौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट पत्रकार चथा कर्मचारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा अनुपस्थित पत्रकार लोकेन्द्र जोशीलाई मंगलबार गोरखापत्र संस्थानको कार्यालयमा पुरस्कृत गरिएको हो । 

गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई (गोरखापत्र दैनिक), निमित्त सम्पादक नारदमुनि गौतम (गोरखापत्र अनलाइन प्रकाशन) लगायतको सहभागीतामा जोशीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

संस्थानले वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमबाट जोशीसहित सातवटै प्रदेशबाट एक÷एक जनालाई सम्मान प्रदान गरेको थियो । 

पत्रकार जोशी झण्डै पाँच वर्षदेखि गोरखापत्रमा कार्यरत छन् ।