चरेससहित एक जना पक्राउ

चरेससहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुबाट चरेस सहित १ जना पक्राउ परेका छन । गड्डाचौकीबाट लागुऔषध चरेससहित भीमदत्त नगरपालिका वडा नम्बर १० का जनकबहादुर कार्की पक्राउ परेका हुन ।

पक्राउ परेका सार्कीको साथबाट नौ दशमलव १७ ग्राम चरेस फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ ।

उनीमाथी कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।