जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

धनगढी । होटलमा जुवातास खेल्ने र खेलाउने दश जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका– ४ बसपार्क स्थित होटल कलेलमा होटल संञ्चालक तेजबहादुर कलेल सहित दश जनालाई वडा प्रहरीले आज (मंगलबार) पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमका अनुसार होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटल संञ्चालक ३३ बर्षीय तेजबहादुर कलेल, २५ बर्षीय अमित बोहरा, ३४ बर्षीय अबिनास कठायत, ३० बर्षीय सुजित खड्का, ३२ बर्षीय धनबहादुर बिष्ट, ३८ बर्षीय कुवेर खड्का, ३१ बर्षीय खडक साउद, ४५ बर्षीय पुरनबहादुर खड्का, ३० बर्षीय देवबहादुर खड्का र ३४ बर्षीय योगेन्द्र ठकुल्ला रहेका छन् । 

प्रहरीले तासको खालबाट नगद एक लाख चार हजार आठ सय दश रुपैयाँ र २ गड्डी तास समेत बरामद गरेको छ ।