माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ ।

केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, संसदलाई पनि एजेन्डाका रुपमा प्रस्तुत हुनेछ ।

पाँच दिनसम्म चल्ने बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

बैठकमा ७ सय ५८ जना नेता सहभागी हुने माओवादीले जनाएको छ । बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने छन् ।