कञ्चनपुरमा वेवारिसे सालका काठ बरामद

कञ्चनपुरमा वेवारिसे सालका काठ बरामद

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासबाट वेवारिसे अवस्थामा रहेको काठ बरामद गरिएको छ।

मंगलबार राती प्रहरी चौकी परासनबाट खटिएको गस्ती टोलीले वेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरेको हो।

पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया ९अन्दाजी ४१ क्युफिट बराबरको० सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय कुण्डालाई बुझाईएको प्रहरीले जनाएको छ।