बाजुरामा साउनको दोस्रो हप्ता सकियो धान रोपाइँ

बाजुरामा साउनको दोस्रो हप्ता सकियो धान रोपाइँ

बाजुरा । बाजुरामा साउनको दोस्रो हप्तामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्ता सम्म धान रोपाइँ भएका हुन् ।

जिल्लाका नौ वटै स्थानीय तहमा गत जेठबाट सुरु गरेको धान रोपाइ साउनको दोस्रो हप्ता सम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुराको अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन । खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइको सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा रोप्दा साउनको दोस्रो हस्ता सम्म रोपाइँ गर्नु परेको जगनाथ गाउँपालिका– ५ का चन्द्र सार्कीले बताए। 

उहाँले, खोलाका किनारका जमिनमा असारमा रोपाइँ सकिए पनि कुलो र पँदालो नलाग्ने ठाउँमा  भने साउनको  दोस्रो साता सम्म सकिएको बताउनुभयो । बडिमालिका, बूढीनन्दा, त्रिवेणी ,खप्तड छेडेदह , बूढीगङ्गा , गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएर साउनको दोस्रो हप्ता सम्म धान रोप्ने काम सम्पन्न भएको कृषि ज्ञान बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

उनले ,बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन भएको बताए । बाजुरामा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ ।  बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गोरखापत्रबाट