कैलालीमा भरुवा बन्दुक सहित एक जना पक्राउ

कैलालीमा भरुवा बन्दुक सहित एक जना पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर -६ बाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलीले विषेश सुचनाको आधारमा ४ नाल भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छैन । यस बिषयमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।