साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

काठमाडौं । लमजुङ प्रहरीले जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले जनाएको छ। घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन ।