धनगढीमा सालको काठसहित अटो चालक पक्राउ

धनगढीमा सालको काठसहित अटो चालक पक्राउ

धनगढी । कैलालीमा सालको काठसहित अटो चालक पक्राउ परेका छन्।  धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउन्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।

मल्ले चलाएको से.१ स.३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडी प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।