दिनेश बिष्टले घरमै बनाए इलेक्ट्रिकल मोटरसाइकल

दिनेश बिष्टले घरमै बनाए इलेक्ट्रिकल मोटरसाइकल

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का दिनेश बिष्टले घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन । कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् ।

उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरेका थिए । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव उचो गर्ने काम गरेको बताए । उनले दिनेशले गरको कामलाई नगरपालकाले पनि सहयोग गर्ने बताए ।

उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन । उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए ।

उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन । ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेका ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ । मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए ।

उनले एकपटक चार्ज गर्न २ युनीट विद्युत खर्च हुने बताए । यसअघि उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तिन पाङ्ग्रे बग्गी पनि निर्माण गरेको बताए । उनले दुवै उत्पादन गर्नको लागि २ लाख खर्च लागेको बताए । यसअघि गेटाको सरस्वती मावि मै अध्ययनरत पारश साउँदले पनि १ लाखमैं इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका थिए ।