वेदकोटका युवा चितुवाको छालासहित धनगढीमा पक्राउ

वेदकोटका युवा चितुवाको छालासहित धनगढीमा पक्राउ

महेन्द्रनगर। कैलालीको धनगढीबाट चितुवाको छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित डडेल्धुराको परशुराम नगरपालिका- १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन।

प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।