कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

धनगढी ।  कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति ११ बजे उनले तरकारी काट्ने चक्कु प्रहार गरी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले धनगढी खबरलाई बताए । 

गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएपनि उनलाई डाक्टरले मृत घोषणा गरेको हो ।

घरायसी विवादमा उनले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको प्रवक्ता डाँगीले बताए ।  घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।