बालुवाटरमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

बालुवाटरमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाघिकारी बैठक बालुवाटारमा सुरु भएको छ । बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकका एजेन्डामाथी छलफल गर्न र बाँकि बैठकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न गर्न पदाघिकारी बैठक बोलाईएको हो ।

जारी केन्द्रीय समिति बैठकको बैठकमा झन्डै १ सय ४१ जना नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

त्यस्तै, बैठकमा मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ।