बेलौरीमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

बेलौरीमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन् । 

बेलौरी नगरपालिका वडा नं ५ स्थित रामनगर सामुदायिक वन र पारिजात सामुदायिक वनको बिचमा बेलौरी कलुवापुर सडक खण्डमा बिहान तिर विपरीत दिशाबाट आउँदै गरेको बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार बेलौरी नगरपालिका ५ शोभातालका राम प्रसाद चौधरी घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।